धर्म/सस्कृति

संकटा देवीले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ फागुन १६ गते आइतबारको राशिफल

मेष
लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा केही पैसा हातपर्न सक्छ ।
वृष
छोटो दुरीको लाभदायक यात्रा रहला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन
घरमा अतिथीको आगमन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट
न्यायिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । लाभदायक यात्रा रहला ।
सिंह
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तीय संस्थाबाट सहयोग पाईनेछ ।
कन्या
मनमा दुविधा उत्पन्न हुनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा विवाद पनि आउला ।
तुला
मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । भोज भतेरमा सहभागी भईनेछ ।
वृश्चिक
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ ।
धनु
सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । अतिथिको रूपमा सत्कार पईनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।
मकर
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कुम्भ
आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा पनि सफलता पाईनेछ ।
मीन
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । शेयर बजारको कारोबारमा पनि सफलता मिल्न सक्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *