मेष
यो साता दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शेयर बजारको लगानि बाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेदेखिन्छ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
वृष
यो साता काम गर्ने उत्साह र हौसला मिल्ने र नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।
मिथुन
यो साता कीर्तिमानी काम गर्ने समय र रमाइलो यात्राको योग रहेको छ । जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । साथीभाइ तथा बन्धु बान्धवबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क २,३ र शुभरङ्ग घिउरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट
यो साता धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मध्य सातामा स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।
सिंह
साताको सुरुका दिनमा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ । मध्य साताबाट गरेको कार्यमा सफलता पाइएला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभअङ्क ४,५ र शुभरङ्ग सिन्दुरे वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या
यो हप्तामा दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । वित्तीय संस्थाबाट सहयोग पाईनेछ । शेयर बजारको लगानि बाट दीर्घकालीन फाईदा हुनेछ । मध्य सातामा केहि महत्त्वपूर्ण कार्यमा उलझन र व्यवधान भने आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले अधिक सफलता हात पर्नेछ ।
तुला
यो हप्ता नयाँ कार्यको थालनी होला । अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।
वृश्चिक
यो साता दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,५,र शुभरङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
धनु
यो हप्ता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । मानसिक चिन्ता समेत बढ्नेछ । मध्य साताबाट शुभ कार्यको योग छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मकर
यो साता लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको दिन रहनेछ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । अचल सम्पत्ती हात पर्ने योगछ । साताको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभअङ्क २,७ र शुभरङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको दर्शनगरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ
यो साता नयाँ काम वा रोजगार पाईनेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मीन
यो साता दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल




