धर्म/सस्कृति

कृष्णदास बाबालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले हिन्दू धर्मगुरू ‘सिद्धबाबा रामकृष्णाचार्य श्री वैष्णव कृष्णदास’ भनिने कृष्णबहादुर गिरीलाई तत्काल प्राप्त प्रमाणको आधारमा निर्दोष ठहर गरेको छ । पीडितको किटानी जाहेरी, मौकामा गरेको कागज, वारदात समय, मोबाइल सन्देश र श्रव्य सन्देशको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्था लगायत आधारमा सिद्धबाबा निर्दोष रहेको भन्न नसकिने ठहर अदालतले गरेको हो ।

जगतगुरुको उपमा पाइसकेका कृष्णदास गिरी उर्फ सिद्धबाबालाई सर्वोच्च अदालतले थुनामै राख्न आदेश दिएपछि उनी धरौटीमा रिहा हुने संभावना कम भएको छ । अनुयायीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई ८ माघ २०७६ मा धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालतको आदेश सदर गरेपछि सिद्धबाबा थुनामुक्त नहुने भएका छन् । धर्मगुरु कृष्णदास गिरीलाई रामदासी भन्ने महिलाले बलात्कारको आरोप लगाएकी थिइन् । पीडित भनिएकी महिलाले ४ कात्तिक ०७६मा धर्मगुरु कृष्णदासले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको थियो । यो प्रकरणले त्यसै विश्राम लिएन । सिद्धबाबाले सलिना रामदासीले गरेका म्यासेजका अनेक शिलशिला जारी गरिदिए ।बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नामकी महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका थिए ।

जसमा कृष्णदासलाई भेट्ने, चुम्बन गर्ने र अंकमाल गर्ने इच्छा व्यक्त गरिएको थियो । यस्ता म्यासेजहरुमा उनले धेरै पटक ‘एकान्तमा भेट्ने’इच्छा व्यक्त गरेकी थिइन् ।उनले पठाएका अधिकांश सन्देशको जवाफ दिइएको छैन । तर एकाध पटक कृष्णदासले ‘हलो’ भन्ने, आफ्नो विषयमा आएका समाचारको लिंक पठाउने र केही इमोजीहरु रियाक्ट गर्ने गरेको पाइएको छ । कृष्णदासको प्रेममा पागल भएको बताएकी महिलाले ४ अक्टोबर २०१९ मा पठाएको म्यासेजमा ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुने चेतावनी दिएकी थिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *