मेष
आज रमाईलो यात्रा रहनेछ । चिताएको कामले तीव्रता लिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।
वृष
आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफलयात्रा हुनेछ ।
मिथुन
मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
कर्कट
आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ ।
सिंह
वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाटपनि हुनेछ ।
कन्या
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
तुला
विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
वृश्चिक
आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
धनु
साहित्य तथा संगीतमा रुचि बढनेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मकर
शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । जोश जाँगर र हिम्मतपनि बढ्नेछ ।
कुम्भ
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग मिल्नेछ ।
मीन
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । सामान हराउने वा चोरी हुने भयछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
- ज्यो.प. नारायणप्रसाद दुलाल




