धर्म/सस्कृति

सुरक्षितरूपमा जितिया पर्व मनाउन सभापति देउवाको आग्रह  

काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको तराईमा विशेषतः थारु महिलाहरुले निराहार व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारु महिलाहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

उनले आज एक शुभकामना सन्देशमार्फत जितिया पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउनुका साथै जन–जीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरे । कोरोना भाइरसको महामारीका कारण जनजीवन कष्टकर बनेको यस परिस्थितिमा यसको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गरेर सुरक्षितरूपमा जितिया पर्व मनाउन सभापति देउवाले आग्रह गरेका छन ।

उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *