देश

‘बकर इद’ पर्वले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ : सभापति देउवा   

काठमाडाैं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद’ को पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन। इस्लाम धर्मावलम्वीको पवित्र पर्व ‘बकर इद’ का अवसरमा आज उनले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरे ।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षार्थ अझ बढी जिम्मेवार हुने विश्वास व्यक्त गरेका छन । उनले ‘बकर इद’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *