काठमाडौं । अभद्र व्यवहारको आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि उनलाई परिवारको जिम्मामा छाडिएको हो।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले लम्साल रिहा भएको पुष्टि गर्दै उनीमाथि लगाइएको अभद्र व्यवहार सम्बन्धी मुद्दा प्रक्रियामै रहेको जानकारी दिए। उनी पाँच दिनअघि उक्त आरोपमा पक्राउ परेका थिए।
यसैबीच, अमेरिकामा बस्दै आएकी संगम बिष्टले लम्सालविरुद्ध बलात्कारको आरोप लगाउँदै त्यहाँ कानुनी प्रक्रिया अघि बढाएकी छन्। उक्त विषयमा सम्बन्धित निकायमार्फत थप अनुसन्धान हुने बताइएको छ।




