देश

प्रतिनिधिसभामा उपसभामुख चयन प्रक्रिया सुरु, मतदान चैत २७ मा

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। सभामुख डीपी अर्याल ले बुधबार बसेको बैठकमार्फत उपसभामुख निर्वाचन चैत २७ गते हुने घोषणा गरेका हुन्।

निर्वाचनको मिति तय भएसँगै आवश्यक कार्यतालिका र प्रक्रियाबारे सूचना प्रकाशन गर्न प्रतिनिधिसभा सचिव हर्कराज राई लाई निर्देशन दिइएको छ। यससँगै दलहरूबीच उपसभामुख पदका लागि सम्भावित उम्मेदवार र शक्ति सन्तुलनबारे राजनीतिक छलफल तीव्र हुने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *