देश

कूटनीतिक भेटमा प्रधानमन्त्री शाहद्वारा नेपालको अवस्था प्रस्तुति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले काठमाडौंस्थित विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरूसँग सामूहिक भेटवार्ता गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित उक्त भेटमा डेढ दर्जनभन्दा बढी देशका राजदूतहरूको सहभागिता रहेको थियो।

भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हाल विकसित भइरहेका राजनीतिक, आर्थिक तथा समसामयिक अवस्थाबारे जानकारी गराएका थिए। साथै उनले सरकारका प्राथमिकता र आगामी योजनाबारे पनि कूटनीतिक समुदायलाई अवगत गराएको जनाइएको छ। उक्त भेटलाई नेपाल–विदेश सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा समेत हेरिएको छ, जहाँ आपसी सहकार्य र समझदारीका विषयमा पनि छलफल भएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *