काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ। सोमबारको बैठकको कार्यसूची सम्पन्न भएपछि सभामुख डीपी अर्यालले आगामी बैठकको समय घोषणा गरेका हुन्। सोमबारको बैठकमा संसदले तीन वटा अध्यादेश स्वीकृत गर्दै महत्वपूर्ण विधायी निर्णय गरेको छ। साथै २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेर आगामी संसदीय कामकारबाहीलाई व्यवस्थित बनाउने आधार तय गरिएको छ।
यसैगरी बैठकले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति पनि गठन गरेको छ, जसले नयाँ नियमावली निर्माण प्रक्रियालाई औपचारिक गति दिएको छ। बैठकले पूर्व सांसद रामचन्द्र भट्टराईको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो।
सोमबारको बैठकले विधेयक, समिति गठन र संसदीय संरचनासँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेकाले मङ्गलबारको बैठकमा थप राजनीतिक तथा विधायी एजेन्डा अघि बढ्ने संकेत देखिएको छ।




