देश

राष्ट्रियसभाको उपाध्यक्षमा एमाले सांसद लिलाकुमारी भण्डारी निर्विरोध चयन

काठमाडौं। नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण दाहालले भण्डारीको मात्रै उम्मेदवारी परेको जानकारी दिनुहुँदै विधिवत् निर्विरोध निर्वाचित भएको घोषणा गरे।

उपाध्यक्षको लागि आइतबार तोकेको मनोनयन दर्ताको समयमा भण्डारी एक्लै उम्मेदवार बनेकी थिइन्। उनको प्रस्तावक एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल थिए। समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी, र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहेका थिए।

यससँगै राष्ट्रिय सभामा उपाध्यक्ष पदमा एमालेको प्रतिनिधित्व बलियो भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *