देश

शीतल निवासमा आइतबार शपथ लिँदै सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद ‘डीपी’ अर्यालले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार शपथग्रहण कार्यक्रम आइतबार दिउँसो साढे २ बजेका लागि तय गरिएको छ। सो अवसरमा राष्ट्रपतिले उनलाई औपचारिक रूपमा शपथ गराउनेछन्।

सभामुख अर्यालको शपथ समारोह शीतल निवासमै आयोजना हुनेछ। यससँगै उनी औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन्।

यसअघि सभामुख पदका लागि परेको मनोनयनमा अर्याल एक्लै उम्मेदवार रहेका कारण उनी निर्विरोध निर्वाचित भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *