देश

उच्च अदालतको फैसला-महेश बस्नेत जोडिएको मुद्दामा रिट खारेज, कानुनी बाटो बन्द

काठमाडौं । उच्च अदालत पाटनले शोभा पाठक द्वारा दायर गरिएको रिट निवेदन खारेज गरेसँगै महेश बस्नेत जोडिएको विवादित मुद्दामा नयाँ मोड आएको छ। न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले बुधबार रिट खारेज गर्ने निर्णय गरेको हो। यससँगै उक्त प्रकरणमा अदालतमार्फत अगाडि बढ्ने प्रयास तत्कालका लागि टुंगिएको छ।

पाठकले बलात्कार, भ्रूण हत्या र चोरी–डाँका जस्ता गम्भीर आरोप लगाउँदै प्रहरीमा जाहेरी दिन खोजेकी थिइन्। तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि उनले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हुलाकमार्फत निवेदन पठाएकी थिइन्। सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि उनले त्यसविरुद्ध अदालतको ढोका ढकढक्याएकी थिइन्।

उच्च अदालतको पछिल्लो निर्णयसँगै अब यस प्रकरणमा कानुनी उपचारका विकल्प सीमित भएको देखिन्छ।

null

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *