कर्णाली प्रदेश

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई बुझाए ९ बुँदे प्रस्ताव-कर्णाली राजमार्ग ढिला गर्ने ठेकेदारलाई कारबाहीकाे माग

राप्रपा नेपालका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्तामा कर्णाली प्रदेशसहित सम्पूर्ण नेपालको दिगो विकासका लागि ९ बुँदे प्रस्ताव बुझाएका छन्।

शाहीले भेटवार्तालाई अत्यन्त सकारात्मक, फलदायी र ऊर्जावान भएको बताए। उनले विकासका आधारभूत संरचना सुदृढीकरण, शिक्षा र स्वास्थ्य सुधार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगजस्ता महत्वपूर्ण विषयमा केन्द्रित रहेकाले भेटलाई भविष्यका लागि सकारात्मक आधार भएको बताए।

विशेषगरी, कर्णाली प्रदेशको समावेशी विकासमार्फत राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउने दृष्टिकोण पनि उनले प्रस्तुत गरेका छन्।

साथै, शाहीले कर्णाली राजमार्गको स्तरोन्नति र काम समयमा सम्पन्न नगर्ने ठेकेदारको कानुनी कारबाही सुनिश्चित गर्न समेत प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

उहाँले भेटवार्ताले आगामी सहकार्य र विकासको दिशामा आशा जगाएको उल्लेख गर्दै, कर्णाली तथा जुम्ला क्षेत्रका परियोजनाहरूमा ढिलाइ हुन नदिने प्रतिबद्धता पुनः जोड दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *