देश

इटहरीको क्याफेमा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं । सुनसरीको इटहरीस्थित एक क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान रोडमा रहेको पूर्वाञ्चल बेकरी क्याफेको भान्साबाट बिहान करिब १० बजेतिर सुरु भएको आगो केही घण्टापछि निभाइएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुरक्षाकर्मी, स्थानीयवासी तथा छिमेकी पालिकाबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने संकलनको क्रममा रहेको प्रहरीले जनाएको छ।

आगो निभाउन धरान, इनरुवा र रामधुनी नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो। इटहरी उपमहानगरपालिकाका आफ्नै दुई वटा दमकल भने जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका कारण प्रयोगमा ल्याउन नसकिएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *