काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापति उपचार तथा निजी भ्रमण पूरा गरी स्वदेश फर्किने तयारीमा रहेका छन्। पूर्वपरराष्ट्रमन्त्री तथा देउवा श्रीमती ब्चशग च्बलब म्भगदब सहित आगामी बुधबार राति हङकङबाट काठमाडौं आउने कार्यक्रम तय भएको छ।
उडान तालिकाअनुसार क्याथि प्यासिफिकको विमान राति करिब साढे ९ बजे काठमाडौं अवतरण गर्ने स्रोतले जनाएको छ । हाल काठमाडौं–हङकङ रुटमा उक्त एयरलाइन्ससँगै नेपाल एयरलाइन्सले पनि नियमित उडान सञ्चालन गर्दै आएको छ, यद्यपि यसको उडान तालिका सीमित दिनमा मात्रै रहेको छ।
देउवा फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका थिए। त्यसपछि उनी पारिवारिक कार्यक्रम तथा थप उपचारका लागि हङकङ पुगेका थिए।
उनको स्वदेश फिर्तासँगै नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक गतिविधिमा पनि नयाँ गतिशीलता आउने अनुमान गरिएको छ।




