देश

विशेष महाधिवेशनलाई कांग्रेसले अझै स्वीकार गरेको छैन : विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले पार्टीको विशेष महाधिवेशनलाई आफूहरूले अहिलेसम्म मान्यता नदिएको बताएका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्वकर्माले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई बदनीयतपूर्वक आधिकारिकता दिएको आरोप लगाए।

पूर्वसभापति शेरबहादुर देउवा नजिकका नेता विश्वकर्माले भने, “हामीले विशेष महाधिवेशनलाई स्वीकार गरेका छैनौँ। हामीले निर्वाचनमा सहकार्य गरेका हौँ, तर १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई हामी चिन्दैनौँ।”

उनले पार्टी फुटेको नभएको र आधिकारिकता कसको भन्ने विषय अदालतमा विचाराधीन रहेको जानकारी दिँदै थपे, “मुद्दाको निर्णय नआएसम्म दुवै पक्षले अस्तित्व स्वीकार गरेको अवस्था छैन। अदालतले जे फैसला गर्छ, त्यो स्वीकारेर अघि बढ्छौँ।”

विश्वकर्माले निर्वाचन आयोगले बदनीयतपूर्वक गगन थापा नेतृत्वको कार्यसमितिलाई अन्तिम समयमा आधिकारिकता नदिएको हुँदा देउवाले चुनावमा भोट नमागेको पनि स्मरण गराएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *