काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वमा रहेका २५–३० लाख नेपाली नागरिकको उद्धारका लागि राष्ट्रिय स्तरमै योजना हुनुपर्ने बताएका छन्। मन्त्री शर्माले परराष्ट्र मन्त्रालयले सिचुयसन सेन्टर स्थापना गरी नियमित रूपमा अपडेट गर्दै सम्पर्क स्थापित गरेको बताए। सिचुयसन सेन्टरले उद्धार कार्यमा सहजता ल्याउने र निरन्तरता पाएमा विकसित हुँदै जाने मन्त्री शर्माले बताएका छन्।
काठमाडौं । मध्यपूर्वमा जारी इजरायल–अमेरिका र इरानबीचको युद्धलाई मध्यनजर गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाल सरकारले १९–२० लाख औपचारिक रूपले, त्योभन्दा बढी अनौपचारिक रूपले २५–३० लाख नागरिक नेपाल फर्काउनु पर्ने हुन्छ । यसका लागि नेशनल स्तरमै प्लानिङ भएको हुनपर्छ,’ परराष्ट्रमन्त्री शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने ।
उनले परराष्ट्र मन्त्रालयले पूर्वाधार निर्माणका लागि कामको थालनी गरिसकेको पनि बताए । यसको लागि पूर्वाधार निर्माण गर्नका निमित्त यस कामको थालनी मन्त्रालयको अगुवाईमा भएको छ,’ मन्त्री शर्माले भने, ‘हामीले एउटा सिचुयसन सेन्टरको स्थापना गरेका छौं ।’ सिचुयसन सेन्टरले नियमित रूपमा अपडेट गरिरहेको र सबै ठाउँमा सम्पर्क स्थापित गरेको मन्त्री शर्माले बताए ।
‘जसले यो कुराको नियमित रूपमा यो काराहरूको अपडेट गर्छ र भोलि उद्धार गर्नुपर्यो भने यसले बेसको रूपमा काम गरिदिन्छ,’ उनले भने, ‘यसले सबै ठाउँमा सम्पर्क स्थापित गरेको छ । कति नागरिक छन्, कतातिर छन्, कसरी समन्वय गर्ने भन्ने कुरा मन्त्रालयले निर्देशन दिइसकेको छ ।’
परराष्ट्रमन्त्री शर्माले सिचुयसन सेन्टरमार्फत् भइरहेको काम विकसित हुँदै गए परेको बेला नेपाली नागरिकको उद्धार कार्यमा सहज हुने पनि बताए । कमसेकम एउटा सञ्जाल सुरु भएको छ । यसलाई निरन्तरता दिने हामीहरूको आशय छ,’ मन्त्री शर्माले भने, ‘यसले निरन्तरता पायो भने यो विकसित पनि हुँदै जान्छ । परेको बेला उद्धार कार्यलाई सजिलो पनि होला ।’




