काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाबारे विवाद उत्पन्न भएको छ। मतगणनाको क्रममा धाँधली भएको आरोप सार्वजनिक भएपछि राजनीतिक दलका प्रतिनिधि र सम्बन्धित निकायबीच छलफल सुरु भएको छ। घण्टीलाई जिताउन नेपाली कम्युष्टि पार्टीका उम्मेदवारलाई हराउने गतिविधि गरेको, पटक–पटक एउटै मतलाई गणना गरेको, औठाँ छाप भएको मतदानलाई पनि फरक तरिकाले परिभाषित गरेको जनाइएको । एक निर्वाचन प्रतिनिधका अनुसार, आफ्ना प्रतिनिधि नराखी सिल तोडिएको,गणना भइसकेका मुठा पनि ल्याएर गनिएका उनको भनाइ छ । रास्वपाबाट सोविता गौतम र नेपाली कम्युनिष्टी पार्टीकी उम्मेदवार रेणु दाहाल प्रतिस्पर्धामा छन् ।
मतगणनास्थलमा रहेका केही दलका प्रतिनिधिहरूले मतगणनाको प्रक्रियामा पारदर्शिता नअपनाइएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले केही मतपत्रको गणनामा अनियमितता देखिएको दाबी गर्दै छानबिनको माग गरेका छन्।
यस विषयमा निर्वाचन अधिकृतको कार्यालयले भने प्राप्त गुनासोबारे जानकारी लिँदै आवश्यक जाँच भइरहेको जनाएको छ। मतगणनालाई निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षसँग समन्वय गरेर प्रक्रिया अघि बढाइने अधिकारीहरूको भनाइ छ। चितवन–३ को मतगणनालाई लिएर देखिएको विवादका कारण केही समयका लागि गणना प्रक्रिया प्रभावित भएको बताइएको छ। यद्यपि सम्बन्धित निकायले समस्या समाधान गरी मतगणनालाई नियमित रूपमा अघि बढाउने प्रयास गरिरहेको जनाएको छ।
https://www.facebook.com/reel/904693285535799




