काठमाडौं । बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन देशभर शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक तथ्यांकअनुसार देशभर करिब ६० प्रतिशत मत खसेको छ। जिल्ला अनुसार मत प्रतिशतमा फरक देखिएको छ।
-
झापा: समग्रमा करिब ६४–६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान, झापा–५ क्षेत्रमा करिब ७० प्रतिशत हाराहारी मत खसेको देखिएको छ। कुल ७ लाख १३ हजार मतदाता मध्ये ४ लाख ५८ हजारले मतदान गरेका छन्। महिला मतदाताको सहभागिता पुरुषभन्दा बढी रहेकी छ।
-
सुनसरी: ६४ प्रतिशत मतदान, चार निर्वाचन क्षेत्रमा मतपेटिका आजै मतगणनास्थलमा पुग्ने।
-
मोरङ: ६५ प्रतिशत मतदान।
-
काठमाडौँ–३: ६८ प्रतिशत मतदान, कुल ४३ हजार ७८१ मत खसेको।
-
सुदूरपश्चिम प्रदेश: ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी ५८.६ प्रतिशत।
-
सिन्धुली: ५३.५८ प्रतिशत मतदान।
-
चितवन: ६० प्रतिशत।
-
धादिङ: ५०.२९ प्रतिशत।
-
मुस्ताङ: ५६ प्रतिशत।
-
कर्णाली: ५३ प्रतिशत।
-
पर्वत: ६१ प्रतिशत।
-
रुकुम पूर्व: ५३.५६ प्रतिशत।
-
स्याङ्जा: ४९ प्रतिशत।
-
मनाङ: ४० प्रतिशत मात्र मतदान।
उक्त मतदान कार्य नेपाल प्रहरीको सुरक्षा व्यवस्था र एकीकृत सुरक्षाकर्मी परिचालनमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिएका छन्।
दुर्गम क्षेत्रहरूबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरिएको छ। ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका मतपेटिका आजै रातिसम्म मतगणनास्थल पुर्याइनेछ भने संखुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम पश्चिम, मनाङ, बाजुरा र हुम्लाको मतपेटिका शुक्रबार मात्र पुग्नेछ। यसैबीच, केही मतदाता निर्वाचनबाट वञ्चित भएको अनुभव सार्वजनिक गरेका छन्। पूर्वमिस नेपाल अश्मी श्रेष्ठले प्राविधिक त्रुटिका कारण मतदान गर्न नसक्दा असन्तोष व्यक्त गरेकी छिन्।
निर्वाचनको सफलतापूर्वक सम्पन्नताप्रति राष्ट्रपति रामचन्द्र पौडेलले आभार प्रकट गर्दै सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग, राजनीतिक दल र आम मतदातालाई धन्यवाद दिएका छन्।देशभर १६५ निर्वाचन क्षेत्रका मतगणना प्रक्रिया क्रमशः सुरु हुँदैछ। प्रारम्भिक नतिजा सार्वजनिक भएपछि समानुपातिक मत गणना प्रक्रिया अघि बढ्नेछ।




