काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि रेनु दाहाल उम्मेदवार रहेकी दाहालले आम जनता र निर्वाचन क्षेत्रमा पाइरहेको माया, विश्वास र समर्थनले आफू उत्साहित भएको बताएकी छन्।
फेसबुकमा आफ्ना अनुभव साझा गर्दै उनले भनिन्, “यस बेला म घरदैलो अभियानमा व्यस्त छु। आम जनसमुदायबाट प्राप्त माया र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ।”
भरतपुर महानगरपालिकामा नौ वर्षसम्म मेयर पद सम्हालेकी दाहालले आफ्नो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताले जनताबाट स्नेह पाएको अनुभव बाँडेकी छन्।
निर्वाचनमा सहभागी भएपछि जित–हार दुवैको सम्मान गर्न तयार रहेको उनले स्पष्ट पारेकी छन्। साथै उनले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको सहयोग अपेक्षित रहेको बताएकी छन्।




