देश

 सरकारका केही मन्त्रीहरुलाई पदबाट राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन  

काठमाडौं । आगामी निर्वाचन नजिकिँदै गर्दा अन्तरिम चुनावी सरकारभित्रै राजनीतिक सक्रियता बढ्न थालेपछि प्रधानमन्त्री सुशीला कार्कीले कडा सन्देश दिएकी छन्। उनले राजनीतिमा होमिन चाहने र दलगत गतिविधिमा संलग्न देखिएका केही मन्त्रीहरूलाई तत्काल पदबाट अलग हुन निर्देशन दिएकी हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले वर्तमान परिस्थितिको संवेदनशीलता उल्लेख गर्दै मन्त्रीहरूलाई स्पष्ट रुपमा ‘बाटो क्लियर’ गर्न भनेकी हुन्। बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले चुनावको निष्पक्षता र सरकारप्रतिको भरोसा जोगाउन यस्तो कदम अपरिहार्य भएको बताइन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *