देश

प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत थम्पसनको औपचारिक भेटवार्ता

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले प्रधानमन्त्री सुशीला कार्कीसँग सिंहदरबारमा औपचारिक भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय हित, सहयोग र समसामयिक राजनीतिक तथा सामाजिक विषयमा व्यापक छलफल भएको छ।

प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई लामो समयदेखि पुर्‍याउँदै आएको विकास सहयोग र समर्थनको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्। उनले आगामी दिनमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया, शान्ति र स्थिरताका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास व्यक्त गरिन्।

विशेष रूपमा, आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने सुनिश्चितताका लागि अमेरिकासँग सहयोगको अपेक्षा रहेको पनि उनले बताइन्। प्रधानमन्त्री कार्कीको नेतृत्वको अन्तरिम सरकारले सो निर्वाचनको तयारी गरिरहेको छ।

राजदूत थम्पसनसँगको भेटले नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने र नेपालको विकास तथा लोकतन्त्रलाई बलियो बनाउने दिशामा महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *