देश

जसपामा पुनर्संरचना : रेणु र प्रदीप यादव उपेन्द्र समूहसँग मिले

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको आन्तरिक राजनीतिक समीकरण फेरिएको छ। पार्टीकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालसँग एकता गरेका छन्।

रेणु र प्रदीप यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपा, नेपालबीचको एकीकरण प्रक्रियालाई स्वीकार गर्दै आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। यससँगै उनीहरू नेतृत्व गरिरहेको समूह औपचारिक रूपमा उपेन्द्र यादव नेतृत्वको पार्टीमा समाहित भएको छ।

सहमतिपत्रमा २०८२ पुस १३ गते रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यसहित जनता समाजवादी पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच एकीकरण सम्पन्न भएको उल्लेख छ। यो एकतासँगै मधेस केन्द्रित दलहरूको पुनःएकीकरण प्रक्रिया थप गति लिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। पार्टी एकतापछि संगठनात्मक संरचना र जिम्मेवारीबारे थप निर्णयहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *