देश

एमाले निर्वाचनः मनोनयन दर्ताको समय थप, मतदान मंगलबार निर्धारित

काठमाडौं। नेकपा एमालेले आगामी निर्वाचनको मनोनयन दर्ताको समय फेरि विस्तार गर्दै साँझ ५ बजेसम्म पुर्‍याएको छ। यसअघि सोमबार दिउँसो साढे ३ बजेसम्म तोकिएको समयलाई थप गरिएको हो। उम्मेदवारको प्रारम्भिक नामावली आजै बेलुका ६ बजे प्रकाशन गरिनेछ भने अन्तिम नामावली राति साढे ८ बजे सार्वजनिक हुने छ।

एमाले निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार, मनोनयन दर्ता सम्पन्न भएपछि मतदान मंगलबार बिहान १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने कार्यतालिका तय गरिएको छ। आयोगले निर्वाचन प्रक्रिया सुचारु, पारदर्शी र प्रभावकारी रूपमा सञ्चालन गर्न समय व्यवस्थापनमा यो निर्णय गरेको बताएको छ।

597501649_2071995603545990_9067412795276174345_n

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *