काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र अभियन्ता दुर्गा प्रसाईंबीच आज औपचारिक भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजेका लागि भेटको समय तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रसाईंलाई पत्राचार गर्दै मंसिर २२ गते वार्ताका लागि उपस्थित हुन आग्रह गरेका थिए । सोही अनुरूप आज भेटवार्ता हुन लागेको हो । यसअघि मंसिर १२ गते प्रसाईंले सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी वर्तमान व्यवस्था खारेजलगायत २७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । सो क्रममा उनले आफ्ना मागहरू प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष राख्न चाहेको बताएका थिए ।
त्यही आग्रहको आधारमा प्रधानमन्त्रीसँग भेटको समय मिलाइएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिए । सरकार र प्रसाईंबीचको वार्ताको सहजीकरण अधिवक्ता विनोदमणि भट्टराई र लवन न्यौपानेले गर्दै आएका छन् ।




