देश

‘ मानव अधिकारको अवस्थामाथि आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। आइतबार शीतल निवासमा आयोजित औपचारिक कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

नेपालको संविधानको धारा २९४ अनुसार आयोगले प्रत्येक वर्ष राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनुपर्ने व्यवस्थाअनुरूप चालु वर्षको प्रतिवेदन पेश गरिएको हो। प्रतिवेदनमार्फत आयोगले देशभरका मानव अधिकार स्थिति, चुनौती र सुधारका आवश्यक दिशानिर्देशहरू समेटेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *