देश

राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र : पुस २३ मा उम्मेदवार मनोनयन, माघ ११ मा मतदान

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विस्तृत चुनाव तालिका सार्वजनिक गरेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार आयोगले पुस १९ गतेबाट चुनावी प्रक्रिया सुरु हुने औपचारिक घोषणा गरेको हो।

मतदाता नामावली प्रकाशनदेखि छानबिनसम्म

पुस १९ गते बिहान १० देखि ११ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली सार्वजनिक गर्नेछ। सोही दिन ११ बजेदेखि पुस २० गते दिउँसो ४ बजेसम्म नाम छुटेजस्तै सच्याउन वा विरोधमा उजुरी दिन सकिनेछ। परेका निवेदनको छानबिन पुस २१ र २२ गते हुनेछ र अन्तिम नामावली पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म सार्वजनिक गरिनेछ।

मतदान सम्पन्न भएपछि मतपेटिका प्राप्त गर्नेबित्तिकै गणना कार्य सुरु गर्ने आयोगको तयारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *