देश

सौराहामा होटलको चौथो तलाबाट खस्दा किशोरीको मृत्यु, प्रहरीद्वारा अनुसन्धान जारी

काठमाडौँ । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा एक किशोरीको होटलको चौथो तलाबाट खसेर मृत्यु भएको छ। मृतक सिन्धुलीको कमलामाई नगरपालिका–६ की १८ वर्षीया स्नेहा पाख्रिन रहेको प्रहरीले पुष्टि गरेको छ।

स्नेहा सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलकी विद्यार्थी थिइन् र शैक्षिक भ्रमणका क्रममा साथीसहित सौराहा आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार उनी रत्ननगर–६ स्थित पार्क साइड होटलमा बसेकी थिइन् र गएराति करिब ११ बजे चौथो तलाको झ्यालबाट खसेकी बताइएको छ।

गम्भीर घाइते भएकी उनलाई तत्काल रत्ननगर बकुहलर अस्पताल लगिएको थियो। तर उपचारका क्रममा राति ११ बजेर ४५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। शवलाई पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति र कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *