देश

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक: प्रत्यक्ष मुख्यमन्त्री र गैरदलीय स्थानीय चुनावमा जोड

काठमाडौँ । कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले बुधबार काठमाडौँमा सार्वजनिक घोषणापत्रमार्फत आफ्नो प्रमुख उद्देश्य र कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले ‘सुशासन, समृद्धि र सामाजिक न्याय’ लाई प्राथमिकता दिएको जनाएको छ।

पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले सभामा जानकारी दिँदै भनिन्, “उज्यालो नेपाल, उज्यालो भविष्य, विकास समृद्धि र सामाजिक न्याय हाम्रो लक्ष्य हो। राष्ट्रका सचेत, सक्षम, इमानदार र प्रतिबद्ध नागरिकहरूको सहभागितामा नेपालको राजनीतिक अभ्यासमा नयाँ युगको प्रारम्भ गर्ने हाम्रो सङ्कल्प हो।”

घोषणापत्रअनुसार, पार्टीले वर्तमान संविधानलाई स्वीकार गर्दै केही व्यवस्थाहरू संशोधन गर्ने योजना बनाएको छ। स्थिर सरकार निर्माण गर्न समानुपातिक समावेशी सुनिश्चित गरी निर्वाचन प्रणाली परिवर्तन गर्ने र प्रदेश तथा स्थानीय तहको संख्या पुनरावलोकन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।

उज्यालो नेपाल पार्टीको घोषणापत्रमा प्रत्यक्ष मुख्यमन्त्री चयनसहित पाँच सदस्यीय मन्त्रीमण्डल रहने र स्थानीय तहको चुनाव गैरदलीय हुने उल्लेख पनि गरिएको छ। पार्टीले न्याय प्रणाली, सुशासन र पारदर्शिता अपनाउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा नेपाल सरकारका मन्त्री कुलमान घिसिङ र पूर्वमन्त्री सुमना श्रेष्ठ पनि उपस्थित थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *