काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बन्दै गएसँगै सो अभियानमा सक्रिय नेताहरू सोमबार शीतलनिवास पुगेका छन्। लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनको नेतृत्वमा पुगेको टोलीले राष्ट्रपति संग भेटवार्ता गरेको हो।
राष्ट्रपतिको सचिवालयले कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी तथा अन्य नेताहरू भेटघाटका लागि शीतलनिवास आएका पुष्टि गरेको छ। ‘विशेष महाधिवेशनका लागि हो वा नियमित भेटघाट, स्पष्ट छैन,’ सचिवालय स्रोतले बतायो, ‘तर लुम्बिनी प्रदेश कार्यसमितिमा रहेका नेताहरूले भेटको अनुरोध गर्नुभयो, र आज उहाँहरूसँगै केही अन्य नेताहरू पनि आएका छन्।’
कांग्रेसभित्र विशेष महाधिवेशनको माग बढिरहेको समयमा शीर्ष नेतृत्व र असन्तुष्ट पक्षबीचको यो भेटलाई महत्त्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।




