काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एी) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। कप्तान सन्दीप लामिछानेले दुवै इानिङमा खेलको मोड बदल्ने उत्कृष्ट प्रदर्शन गरेका थिए।
१३६ रनको सामान्य लक्ष्य पछ्याउन पुगेको जनकपुर बोल्ट्स विराटनगरका स्पिनर सन्दीप लामिछानेसँग टिक्न सकेन। लामिछानेले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिएपछि जनकपुरको ब्याटिङ लाइन–अप धराशायी भयो। जनकपुरका जोन निकोल लफ्टी–इटनले ४० रनको योगदान दिए पनि अन्य खेलाडीबाट पर्याप्त सहयोग मिलेन।
यसअघि बलियो रुपमा मैदान उत्रिएको विराटनगर किङ्सले निर्धारित २० ओभरमा प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। उत्कृष्ट बलिङको बलमा अन्तिम समयमा खेल आफ्नो पक्षमा तान्दै टोलीले ९ रनको जित दर्ता गर्यो।
यो जितसँगै विराटनगर किङ्सले प्रतियोगितामा लगातार तेस्रो सफलता हात पारेको छ भने जनकपुर बोल्ट्सले लगातार दोस्रो हार व्यहोर्नु परेको छ।




