देश

हाम्रो पार्टी नेपाल” ले पाए दल दर्ताको प्रमाणपत्र, चुनावतर्फ तयारी

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले सोमबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। पार्टीको दर्ता नम्बर २१६ रहेको छ र चुनाव चिह्नमा गोलो घेरा भित्र ‘राम्रो जनाउने लाइक’ चिन्ह राखिएको छ।

पार्टी अध्यक्ष खगेन्द्र सुनारले दल दर्ता प्राप्ति कार्यक्रममा भने, “देशलाई साम्प्रदायिकताबाट बचाउने उद्देश्यले पार्टी खोलेर अघि बढ्यौं। कुनै व्यक्ति विशेषको जस्तो पार्टी होइन, सबैले अपनत्व गर्न सक्ने पार्टी बनाएको हो।” उनले आगामी फागुन २१ मा हुने निर्वाचनमा पनि पार्टी सहभागी हुनेमा विश्वास व्यक्त गरे।

सुनारका अनुसार, “यो बेला कसैले मधेश, कसैले हिमाल, कसैले दलित, कसैले जनजाति भन्ने बहस गर्छन्। देशलाई साझा बिन्दुबाट साम्प्रदायिकताबाट बचाउने अभ्यास हामीले गर्नुपर्छ भन्ने सोचमा हाम्रो पार्टी डेमोक्रेटिक पार्टीको रुपमा अघि बढिरहेको छ।”

सो अवसरमा पार्टीका अन्य नेता र कार्यकर्ताहरू पनि उपस्थित थिए। दल दर्तापछि हाम्रो पार्टी नेपालले आगामी निर्वाचनतर्फ आफ्नो तयारी तीव्र बनाउने योजना जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *