काठमाडौं। सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यहरूको निर्वाचन गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले यसबारे औपचारिक निर्णय लिएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
यस निर्वाचनमा राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुनदेखि सकिन लागेको छ। निर्वाचन आयोगले यसअघि नै माघ महिनामा चुनावको तयारी गर्न सरकारलाई सिफारिस गरेको थियो र सोअनुसार आयोगले आवश्यक तयारी सुरु गरिसकेको छ।




