काठमाडौं। सिंहदरबारमा केही बेरअघि मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा गर्दै महत्त्वपूर्ण निर्णय हुनसक्ने स्रोतले जनाएको छ।
बैठकपछि प्रधानमन्त्री सुशीला कार्की आजै साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले प्रधानमन्त्रीका हैसियतमा पहिलोपटक औपचारिक सम्बोधन गर्न लागेकी हुन्।
सरकारका निकट स्रोतका अनुसार सम्बोधनमा हालको राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्नुका साथै सरकारको आगामी कदमबारे जानकारी दिने अपेक्षा गरिएको छ।




