देश

रास्वपालाई सुधारको खाँचो छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तोसिमा कार्कीले पार्टीलाई अगाडि बढाउन व्यक्तिविरोध होइन, प्रणालीगत सुधारलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेकी छिन्। बुधबार केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालको संकट आत्मसमीक्षा र सुधारको माग गर्ने खालको भएको स्पष्ट पारिन्।

उनले भनिन्, “यो क्रान्ति वा आन्दोलन किन हुन पुग्यो भन्ने प्रश्नमा हामी समीक्षा गरिरहेका छौं। समाधान व्यक्तिको विरुद्धमा होइन, पार्टीको प्रणाली र प्रवृत्तिमा सुधार गरेर मात्र सम्भव हुन्छ।” कार्कीका अनुसार, पार्टी यथास्थितिमा अडिनु अब सम्भव छैन। “दुईपटक हामी सरकारमा हुँदा पनि जनताले ठूलो आन्दोलन गर्नुपर्ने अवस्था आयो, ज्यान गुमाउनेसम्मको परिस्थिति बन्यो। यसको समाधान ‘रिफर्मेसन’ हो,” उनले भनिन्।

उनले सुधारको प्रक्रिया नेतृत्व र व्यक्तित्वसम्म सीमित नभई सिद्धान्त, राजनीतिक चरित्र र सदस्यको मार्गनिर्देशनमा आधारित हुनुपर्नेमा जोड दिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *