देश

पृथ्वी राजमार्ग अवरुद्ध, धादिङ प्रशासनको वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा आज बिहान खसेको सुक्खा पहिरोका कारण पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। यसअघि बिहान करिब ९:४५ बजे खसेको पहिरो हटाउन करिब पाँच घण्टा लाग्ने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

राजमार्ग अवरुद्ध भएपछि प्रशासनले काठमाडौं–मुग्लिन यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साना तथा मझौला सवारीसाधनका लागि मार्गः मलेखु–धादिङबेँसी–आरूघाट–मध्यपहाडी राजमार्ग हुँदै गोरखा बजार, त्यहाँबाट आँबुखैरेनी र डुम्रेको बाटो प्रयोग गर्न सकिने। ठूला तथा साना सबै सवारीका लागिस् सुरक्षा निकायसँग समन्वय गर्दै लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्ग रोज्न अनुरोध।

प्रशासनका अनुसार, पहिरो पन्छाउनको काम जारी छ र करिब पाँच घण्टापछि मात्रै यातायात सुचारु हुने सम्भावना छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *