देश

संविधानको रक्षा माग गर्दै मीनभवनमा नेविसंघको विरोध प्रदर्शन

काठमाडौं । अन्तरिम सरकारबारे जारी बहस र विवादकै बीचमा नेपाली कांग्रेसको भ्रातृ संगठन ८८नेपाल विद्यार्थी संघ ९नेविसंघ०८८ले संविधानको रक्षा गर्न माग गर्दै मीनभवनमा विरोध प्रदर्शन गरेको छ।

नेविसंघ नेपाल कमर्स क्याम्पस इकाईद्वारा आयोजित प्रदर्शनलाई संघका पूर्वकोषाध्यक्ष शिव रिमालले संयोजन गरेका थिए।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले संविधानको संरक्षणका माग राख्दै “विदेशी हस्तक्षेप बन्द गर” भन्ने लेखिएका प्लेकार्ड बोकेका थिए।

नेविसंघले हालको राजनीतिक अनिश्चितताबीच संविधानको निरन्तरता र स्वाधीनतामाथि आंच नपर्ने गरी समाधान खोजिनुपर्नेमा जोड दिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *