देश

जेनजीले रविलाई दिएनन् समर्थन , कानुनी मार्गबाट सफाइको माग

काठमाडौं। हालैको जेनजी आन्दोलनसँग सम्बन्धित बहस र विवादमा रवि लामिछानेलाई युवाहरूले समर्थन नगरेको देखिएको छ। जेनजी समूहले बुधबार सार्वजनिक गरेको धारणा अनुसार, रविलाई नजिकबाट समर्थन गर्ने योजना छैन र उनी कानुनी रुपमा आफ्नो मुद्दा हल गर्नुपर्नेमा जोड दिएका छन्।

स्रोतका अनुसार, जेनजीका नेताहरूले स्पष्ट पारेका छन् कि आन्दोलनको मर्म र उद्देश्यको रक्षा गर्न व्यक्तिगत वा राजनीतिक हस्तक्षेप नगर्नु आवश्यक छ। समूहका एक वरिष्ठ सदस्यले भने, “रवि वा अन्य व्यक्तिको व्यक्तित्वभन्दा बढी महत्वपूर्ण भनेको हाम्रो आन्दोलनको मर्म हो। कानुनी प्रक्रिया भित्रै रहेर न्याय पाउनुपर्छ।”

जेनजी युवाहरूले सामाजिक सञ्जाल र भर्चुअल बैठकमार्फत सार्वजनिक गरेको संदेशमा, कुनै पनि व्यक्ति वा समूहको दबाबले आन्दोलनको उद्देश्य भंग नहोस् भन्ने सन्देश दिइएको छ। उनीहरूले नागरिक अधिकार, भ्रष्टाचारविरुद्धको अभियान र सार्वजनिक हित सुनिश्चित गर्न कानुनी मार्गमै भरोसा राख्नुपर्नेमा जोड दिएका छन्।

यसैबीच, रविको मुद्दा अहिले अदालतमा विचाराधीन रहेको छ। कानुनी विशेषज्ञहरूले भने, अदालतको प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि प्रकारको दवाब वा समर्थनको प्रभाव न्यायिक निर्णयमा नपर्ने उल्लेख गरेका छन्। सहकारी ठगी प्रकरणमा अदालतको आदेशमा ललिलपुरको नख्खु जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई हिजो जिन जेड समुहले जेलमुक्त गराएपछि लामिछानेले उल्लास मनाउन थालेका थिए । तर जेन जीले गैरकानुनी माध्यमबाट बाहिरिएको र सहकारी ठगी प्रकरणमा मुछिएको व्यक्ति भन्दै आपति जनाएका छन् ।

लामिछानेले सरकारको अनुमतिमा सबै प्रक्रिया पुरा गरेर निस्केको भन्दै नक्कली चिर्कटो पत्र देखाएको प्रति उनीहरुले चर्को आक्रोस व्यतm गरेका छन् । लामिछानेले कांग्रेस,एमालेले मलाई जालमा पा¥यो तर अझै जेन जीले पनि मलाई आरोप लगायो भन्दै आँखा भरि पारे । जेन जी आन्दोलनका कमान्डर गौरव पाण्डेका अनुसार रास्वपाका नेता तथा कार्यकर्ताहरुसमेत घुसेको र जेन जीको फन्डा बनाएर रास्वपाकै नेता कार्यकर्ता र समर्थक तथा गुण्डागर्दीहरुको बलमा छुटेका हुन् ।

जेनजी समूहको यो कदमले आन्दोलन र कानुनी प्रक्रियाबीच सन्तुलन कायम राख्ने उद्देश्य प्रष्ट देखिन्छ। समूहले स्पष्ट पारेको छ कि युवा पुस्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको न्यायिक र लोकतान्त्रिक मूल्यको रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *