काठमाडौं । नेपाल र बंगलादेशबीच मंगलबार हुने भनिएको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ति जारी गर्दै देशभर फैलिएको अस्थिर अवस्थाका कारण खेल अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको हो।
जेनजी प्रदर्शनका क्रममा सोमबारसम्म १९ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन्। एन्फाले परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षालाई प्राथमिकता दिँदै खेल रोकिएको जनाएको छ। यसअघि बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।




