देश

जेनजीको हिंशात्मक आन्दोलन : मृतकको संख्या १४, देश शोकाकुलमा

काठमाडौं। सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको जेनजी आन्दोलनमा मृतकको संख्या बढ्दै गएको छ। सिभिल अस्पतालमा थप एक जनाको निधन भएपछि मृत्यु हुनेको संख्या १४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्रोतले जनाएको छ।

यसअघि दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको थियो। पछिल्लो विवरणअनुसार, ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसीमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

यद्यपि, आन्दोलनमा घाइते भएकाहरूको यकिन संख्या अझै सार्वजनिक भएको छैन। विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *