देश

संसद भवनमा प्रहरी रबर बुलेट प्रहार, प्रदर्शनकारी तितरबितर

काठमाडौं । जेनजीको आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले कर्फ्यु लागू गरेको क्षेत्रमा नियन्त्रण कायम गर्न रबर बुलेट प्रहार गरेको छ।

सुरक्षा अधिकारीका अनुसार प्रदर्शनकारीहरूले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए। यसैक्रममा उनीहरूलाई तितरबितर पार्न घुँडामुनि रबर बुलेट हानिएको हो।

प्रदर्शनको क्रममा हिंसा फैलिन नदिन प्रहरीले यो कदम उठाएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *