देश

पार्टी एकताको बाटो खुल्दै, प्रचण्ड–विप्लवबीच सकारात्मक छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता अब सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सोमबार बिहान प्रचण्ड ललितपुरको हरिसिद्धि पुगेका थिए, जहाँ उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेटवार्ता गरेका हुन् ।

विप्लव निवासमा भएको करिब ४५ मिनेटको भेटमा समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने र पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको विप्लव सचिवालयले जनाएको छ । प्रचण्डले स्थायी कमिटीले एकताको निर्णय गरिसकेको भन्दै सकारात्मक निष्कर्ष आउँछ भन्ने विश्वास व्यक्त गरेका थिए ।

विप्लवले भने पार्टीको केन्द्रीय समिति बैठक भदौ २२ गते बस्ने भएकाले सोही बैठकले अन्तिम निर्णय गर्ने स्पष्ट पारेका छन् । भेटमा औपचारिक राजनीतिक विषय मात्र नभई पारिवारिक तथा उत्पादनसँग सम्बन्धित गतिविधिको अवलोकन पनि भएको प्रचण्ड सचिवालयले जनाएको छ । प्रचण्डले विप्लव निवासमा रहेको कृषि फार्मको समेत अवलोकन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *