खेलकुद

एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा दुई नेपालीको सहभागिता

काठमाडौँ। थाइल्यान्डमा यही भदौ २ देखि ९ गतेसम्म हुने एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई नेपाली खेलाडी सहभागी हुने भएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ ८५ केजी तौल समूहमा ग्रेस महर्जन र महिला एथलेटिक्स फिजिकतर्फ उर्मिला श्रेष्ठ प्रतिस्पर्धा गर्नेछन् । पाँच सदस्यीय पदाधिकारी टोली दुई खेलाडीको व्यवस्थापनका लागि सोमबार बैंकक प्रस्थान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलाडी तथा पदाधिकारीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *