देश

एमालेले निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ हटाउन दियो संशोधन

काठमाडौँ। सत्तारुढ एमालेले संघीय निजामित विधेयकमा कुलिङ पिरियड नराख्न राष्ट्रियसभामा संशोधन हालेको छ।

एमालेका तर्फबाट प्रमुख सचेतक गोपाल भट्टराई, इन्दिरादेवि गौतम, रुक्मिणी कोइराला र सुमित्रा विसीले संयुक्त रुपमा कुलिङ पिरियड नराख्न संशोधन गराएका हुन्। भट्टराई आफूहरुले निजामति विधेयकमा कुलिङ पिरियड राख्न आवश्यक नभइका भन्दै संशोधन दर्ता गराएको जानकारी दिए। उनले भने, ‘हो हामीले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हालेका छौँ।’

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभा पुगेको विधेयकमा कुलिङ पिरियडमा जाझेल भएको भन्दै संशोधनका लागि राज्य व्यवस्था तथा सुशासन समितिले औपचारिक रुपमा आग्रह गरेको र त्यस विषयमा छानबिन भइरहेका बेला सत्तारुढ एमालेले उक्त प्रावधान नराख्न प्रस्ताव गरेको हो।

प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयकमा माओवादी, एकीकृत समाजवादी र कांग्रेसका सांसदहरुले पनि संशोधन दर्ता गराएका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *