काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको रिहाइको आशामा शुक्रबार सर्वोच्च अदालत परिसरमा उनका सयौं समर्थकहरू जम्मा भएका छन्। सर्वोच्चको संयुक्त इजलास आज बन्दीप्रत्यक्षीकरण रिटमा आदेश सुनाउने तयारीमा छ।
न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा लामिछानेविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ। लामिछानेको पत्नी निकिता पौडेलले ूगैरकानूनी थुनामा राखिएकोू दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
सर्वोच्च परिसरमा बिहानैदेखि लामिछाने समर्थकको उपस्थिति बाक्लो देखिएको छ। उनीहरू ‘रविलाई रिहा गर’ भन्ने नारासहित सर्वोच्चको गेट बाहिर उभिएका छन्।
रास्वपाका नेता तथा कार्यकर्ताहरू पनि सर्वोच्च परिसरमा पुगेका छन्। सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीको उपस्थिति बढाइएको छ। अदालतले आजको आदेशपछि रवि लामिछानेको भविष्यबारे कानुनी तस्वीर प्रस्ट हुने बताइएको छ।




