काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि उनका कानूनी टोलीले बहस सम्पन्न गरेका छन्।
यो रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशहरु नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ।
रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बिहीबार बहस गर्दै उनी पक्षको तर्फबाट बहस टुंग्याएका हुन्। अब छविलाल जोशीको तर्फबाट बहस सुरु भएकाे छ, जसका लागि वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरिहेका छन्। न्यायाधीशहरूले बहस आजै सकिने गरी समय विभाजन गर्न आग्रह गरेका छन्।
आजै आदेश आउने सम्भावना
यदि पक्षहरूको बहस आजभित्रै टुंगिएको खण्डमा, लामिछानेको रिटमा आदेश आजै आउने सम्भावना रहेको स्रोतले जनाएको छ।
उक्त रिट यसअघि ६ पटकसम्म ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि इजलास तोकिएर बल्ल सुनुवाइको चरणमा पुगेको हो।




