खेलकुद

प्रधानमन्त्रीद्वारा नेपाली महिला खेलाडीलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला खेलाडीलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ‘ग्लोबल’ छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका हुन् ।

“नेपाली छोरीहरुलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि । २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ । नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना”, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *