देश

३० करोड काण्ड : पूर्वमन्त्री विजय यादव र मेयर भरत थापाविरुद्ध फेरि भ्रष्टाचार मुद्दा

काठमाडौं । मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय कुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापाविरुद्ध फेरि ठूलो भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० करोड रुपैयाँको गैरकानुनी अनुदान प्रकरणमा उनीहरूसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मुद्दामा माओवादी केन्द्रका मेयर थापा र उपमेयर लीलाकुमारी मुक्तानसहित तत्कालीन प्रशासकीय अधिकृत, कानुन अधिकृत, इन्जिनियर र लेखा अधिकृतहरू पनि संलग्न रहेका छन्। पूर्वमन्त्री यादव भने जसपा नेपालका नेता हुन्।

अख्तियारका अनुसार, पूर्वमन्त्री यादवसँग करिब ३० करोड रुपैयाँ बिगो माग गरिएको छ। मेयर र उपमेयरसँग करिब ५७ करोड रुपैयाँ बराबरको भ्रष्टाचारको आरोप छ। अन्य कर्मचारीहरूसँग पनि करोडौं रकमको हिसाब माग गरिएको छ।

उक्त प्रकरण सर्लाहीको वन क्षेत्र अतिक्रमण गरेर बनाइएको माछापोखरी परियोजनासँग जोडिएको छ। ढुंगा, गिटी, बालुवा उत्खनन् गर्दै गैरकानूनी संरचना निर्माण गरिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। उक्त परियोजनामा संघ र प्रदेश सरकारबाट करोडौं रुपैयाँ खर्चिएको थियो। यसअघि पनि यी पदाधिकारीहरू भरत तालु नामक भ्रष्टाचार प्रकरणमा मुछिईसकेका छन्, जसपछि उनीहरू निलम्बनमा परेका थिए।

Press-Release-२०८२-०२-०४ बिजय कुमारसमेत

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *