देश

लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले आज यहाँको भितरियामा आयोजना गरेको कार्यक्रममा उहाँले सो भूमिकालाई राज्यले उचित सम्मान गरिरहेको बताए ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गर्दै आफ्ना नीति तथा कार्यक्रम बनाइरहेको उल्लेख गरे । सोही नीतिअनुसार प्रदेश नीति तथा योजना आयोगमा महिलालाई नेतृत्व दिइएको उनको भनाइ थियो । आयोगमा हाल डा जीवन राना उपाध्यक्ष छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *